सोमबार, भदौ ३१ गते २०८२

सन्दुक रुइतले भने– हामी नेपाल संस्थासँगको सम्बन्धबारे अफवाह फैलाइयो

सन्दुक रुइतले भने– हामी नेपाल संस्थासँगको सम्बन्धबारे अफवाह फैलाइयो

अखबार दैनिक
आइतबार, भदौ ३० २०८२
  • सन्दुक रुइतले भने– हामी नेपाल संस्थासँगको सम्बन्धबारे अफवाह फैलाइयो

    काठमाडौं । बारबरा फाउन्डेसनले ‘जेनजी’को आन्दोलनका क्रममा आफ्नो संस्थाको नाम जोडेर भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ । आइतबार (भदौ २९) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाउन्डेसनले जेनजी आन्दोलनका विषयमा हामी नेपाल नामक संस्थासँगको सम्बन्धबारे ‘अनर्गल’ प्रचार गरिएको भन्दै आपत्ति जनाएको हो ।

    कोरोना महामारीका बेलामा सहकार्य गरिएको तर उक्त संस्था वा त्यसका पदाधिकारीसँग कुनै पनि आर्थिक सम्बन्ध नरहेको फाउन्डेसनले स्पष्ट पारेको छ । नागरिकलाई मूल मुद्दाबाट भड्काउने मनसायले चरित्रहत्या नगर्न फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले आग्रह गरे ।

    उनले पछिल्लो एक वर्षदेखि हामी नेपाल नामक संस्थासँग कुनै पनि कार्यक्रममा सहकार्य नरहेको बताए । आन्दोलनका निम्ति हामी नेपाल नामक संस्थालाई आर्थिक सहयोग गरिएको भन्ने विषयमा कुनै सत्यता नरहेको उनको भनाइ थियो ।

    पत्रकार सम्मेलनमा आफ्नो वित्तीय विवरण पनि सार्वजनिक गर्दै फाउन्डेसनले विगत आठ वर्षमा ब्याज आम्दानीसहित कुल करिब सात करोड ८२ लाख रुपैयाँ प्राप्त गरिएको जनाएको छ । हाल आफ्नो करिब तीन करोड ९५ लाख रुपैयाँ बैंकमा मौज्दात रहेको समेत फाउन्डेसनले जानकारी गराएको छ । हिमालयन टेली भ्वाइस 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ