बिहीबार , साउन २१ गते २०८३

लिबर्टी इनर्जीको आइपीओ बाँडफाँड, साढे २५ हजारले पाए ४० कित्ता शेयर

लिबर्टी इनर्जीको आइपीओ बाँडफाँड, साढे २५ हजारले पाए ४० कित्ता शेयर

अखबार दैनिक
सोमबार, भदौ १५ २०७७
  • लिबर्टी इनर्जीको आइपीओ बाँडफाँड, साढे २५ हजारले पाए ४० कित्ता शेयर

    १५ भदौं, काठमाण्डौं । लिबर्टी इनर्जीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। आइपीओमा आवेदन गर्ने १ लाख ८८ हजार ३७३ आवेदकले योग्य आवेदकले १० कित्तादेखि ४० कित्ता सम्म शेयर हात पारेका छन्।

    एनआइबिएल एस क्यापिटलको कार्यलयमा गरिएको बाँडफाँडमा ९४ हजार ९०४ आवेदकले १० कित्ता शेयर पाएका छन् भने ४५ हजार ४८ आवेदकले २० कित्ता, ४८ हजार २२१ आवेदकले ३० कित्ता र गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले थप १० कित्ता गरी ४० कित्ता शेयर पाएका छन्।

    लिवर्टीको आईपीओमा कुल १ लाख ८८ हजार ४९९ वटा आवेदन परेको थियो। जसमध्ये १२६ वटा आवेदन रद्द भएका छन्।

    ३० कित्तासम्म माग गरेका सबै आवेदकलाई माग गरे जति शेयर वितरण गरिएकाे छ। ३० कित्ताभन्दा माथिको संख्यामा शेयर माग गर्ने ३६ हजार ५५८ मध्ये गोलाप्रथाका आधारमा २५ हजार ६२० आवेदकलाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको हो।

    सामुहिक लगानी कोषका लागि छुट्याइएको १ लाख १२ हजार ५०० कित्ता शेयरमा आवेदन नपरेको क्यापिटलले जनाएको छ। उता कर्मचारीका लागि छुट्याइएको ४५ हजार कित्ता शेयरमा पनि ६ हजार १०० कित्ता शेयरमा मात्र आवेदन परेको छ। सामुहिक लगानी कोष र कर्मचारीले आवेदन नगरेको शेयर पनि सर्वसाधारणलाई वितरण गरिएको हो।

    आइपीओको नतिजा केहिबेरमा मेरोलगानीमा हेर्न सकिनेछ।

    साभार : मेरो लगानि

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार