बिहीबार , कात्तिक १ गते २०८२

जेनजी र हाम्रा माग एउटै हुन्,माओवादी अझै पनि मूलधारको पार्टी बन्छः प्रचण्ड

जेनजी र हाम्रा माग एउटै हुन्,माओवादी अझै पनि मूलधारको पार्टी बन्छः प्रचण्ड

अखबार दैनिक
बिहीबार , कात्तिक १ २०८२
  • जेनजी र हाम्रा माग एउटै हुन्,माओवादी अझै पनि मूलधारको पार्टी बन्छः प्रचण्ड

    नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी फेरि जनताको विश्वास जितेर मूलधारको पार्टी बन्ने दाबी गरेका छन् । शुक्रबार बिहान चितवनको भरतपुरस्थित पार्टी कार्यालय प्राङ्गणमा आयोजित भेटघाट कार्यक्रममा प्रचण्डले हालको ‘जेनेरेसन जेड (जेनजी) आन्दोलन’ का माग माओवादीका पुराना आदर्शसँग मेल खाने बताएका हुन् ।

    युवाले उठाएका मागहरू हाम्रो आन्दोलनसँग गहिरो रूपमा जोडिएका छन्,उनले भने, भ्रष्टाचारविरोधी अभियान हाम्रो शुरूदेखिको मुद्दा हो । अहिले जेनजीले त्यसैको स्वर बुलन्द पारेको छ । उनले असोज २३ गते राजधानीमा भएको आन्दोलनमा भएको गम्भीर सुरक्षा लापरवाहीको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरूले लिनुपर्ने बताए ।

    शान्तिपूर्ण आन्दोलनमा कलेज ड्रेस लगाएका युवाहरूको टाउको र छातीमा गोली हानिनु अन्तर्राष्ट्रिय स्तरमै लाजमर्दो हो,प्रचण्डले भने । २४ गते सिंहदरबारमा विपक्षी दलहरूको बैठकपछि सुरक्षा जोखिमका कारण आफूहरू सेनाको समन्वयमा त्यहीँ बस्नुपरेको स्पष्ट पार्दै उनले भने, हामीलाई कसैले लगेका होइन, परिस्थितिको मूल्याङ्कन गरेर सुरक्षा संयन्त्रसँगको सहकार्यमा सुरक्षित स्थानमा गएका हौं । संयोजक प्रचण्डले अहिले देशको राजनीतिक संकटको समाधान निर्वाचनमार्फत मात्र सम्भव हुने बताए । राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्तर्राष्ट्रिय समुदायसम्म सबैको निष्कर्ष एउटै छ- अब निर्वाचन नै मार्ग हो,उनले भने, जनताले पनि परिवर्तनको बाटो यहीँबाट रोज्नेछन् ।

    संसद् पुनःस्थापनाको विषय गौण बनिसकेको उनको भनाइ छ । पार्टी एकताको प्रसङ्गमा प्रचण्डले लामो समयदेखि चलिरहेको वाम एकता छलफल अब निष्कर्षमा पुग्न लागेको बताए । पहिलो चरणमा समाजवादी मोर्चाभित्रका दलबीच एकता हुन्छ, घोषणा केही दिनभित्र हुनेछ,उनले भने, हाम्रो दीर्घकालीन लक्ष्य एमालेसम्म पुगेर सबै वाम शक्तिलाई एकताबद्ध बनाउनु हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ