बिहीबार , साउन २१ गते २०८३

विभिन्न संचार माध्यमहरुमा क्लिन फिडका विषयमा सार्वजनिक भएका समाचारहरुप्रति नेपाल विज्ञापन संघको ध्यानाकर्षण सहितको विज्ञप्ति

विभिन्न संचार माध्यमहरुमा क्लिन फिडका विषयमा सार्वजनिक भएका समाचारहरुप्रति नेपाल विज्ञापन संघको ध्यानाकर्षण सहितको विज्ञप्ति

अखबार दैनिक
आइतबार, असोज ४ २०७७
  • विभिन्न संचार माध्यमहरुमा क्लिन फिडका विषयमा सार्वजनिक भएका समाचारहरुप्रति नेपाल विज्ञापन संघको  ध्यानाकर्षण सहितको विज्ञप्ति

    काठमाडाैँ-विभिन्न संचार माध्यमहरुमा क्लिन फिडका विषयमा सार्वजनिक भएका समाचारहरुप्रति नेपाल विज्ञापन संघको गम्भीर ध्यानाकर्षण भएको  छ।

    आइतबार संघका अध्यक्ष रविन्द्र कुमार रिजाल ‘शशि’द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न संचार माध्यमहरुमा क्लिन फिडका विषयमा सार्वजनिक भएका समाचारहरुप्रति नेपाल विज्ञापन संघको गम्भीर ध्यानाकर्षण भएकोछ। नेपाल सरकारको निर्णय सहित र संसदबाट पारित भई सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमाणीकरण भएर नेपाल राजपत्र खण्ड ६९ अतिरिक्ताङक १५ मिति २०७६ कार्तिक ८ गते प्रकाशित भई कानूनी रुपमा अगाडी बढी सकेको विज्ञापन विधेयकको परिच्छेद २ को दफा ६ उपदफा २ मा स्पष्टरुपमा क्लिन फिडका विषयमा उल्लेख भएका विषय भन्दा फरक खालका धारणाहरु सार्वजनिक हुनु आफैंमा विरोधाभाष छ। उक्त समाचार एवं टिप्पणिलाई आधार बनाई क्लिन फिडका विषय सरोकार राख्नु हुने विभिन्न व्यक्ति, संघ÷संस्था तथा संचारगृहहरुलाई भ्रममा नपर्नुहुन समेत संघ अनुरोध गर्दछ।’

    यसका साथै क्लिन फिडको समयाबधि २०७७ कार्तिक ७ गते समाप्त हुने भएकोले मिति २०७७ कार्तिक ८ गते देखि लागु गर्न सम्बन्धित मन्त्रालय एंव नेपाल सरकारसंग संघ जोडदार माग गरेको छ।

    यस्तै आमनेपाली संचारमाध्यम तथा विज्ञापन एजेन्सिहरुको कल्याणकारी बिधेयकको रुपमा आएको यस बिधेयकलाई लागू गराउने बिषयमा आमसंचार माध्यमलाइ सहयोग गर्न अनुरोध समेत संघफे गरेको छ।

    2FE00311-A18A-448C-910E-50BA61FC18F2.jpeg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार