बिहीबार , साउन २१ गते २०८३

स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता होः स्वास्थ्यमन्त्री मेहता

स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता होः स्वास्थ्यमन्त्री मेहता

अखबार दैनिक
मंगलबार, चैत २४ २०८२
  • स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता होः स्वास्थ्यमन्त्री मेहता

    स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार रहेको बताएकी छन् ।

    आज विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले स्वास्थ्य सेवा मात्र नभई स्वच्छ वातावरण, खाद्य सुरक्षा र उपभोक्ता अधिकारजस्ता संवैधानिक हकहरू पनि नागरिकको समग्र स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको बताइएकी हुन् ।

    उनले भनिन्, ‘सबै मानिस स्वास्थ्यसँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिएका अन्य संवैधानिक हक जस्तै स्वच्छ वातावरणको हक खध्य सुरक्षाको अधिकार, उपभोक्ताको हक पनि महत्त्वपूर्ण रहेको छ । मैलीक हक अधिकार कार्यान्वयन गर्न स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो ।’

    यस वर्षको नारा ‘मानव, पशुपन्छी र वातावरणको हित विज्ञान र एक स्वास्थ्य, हाम्रो जित’ लाई उल्लेख गर्दै मन्त्री मेहताले स्वास्थ्यका विविध आयामहरूबीचको अन्तरसम्बन्धमा जोड दिइन् ।नयाँ स्वास्थ्य चुनौतीहरूको समाधानका लागि विभिन्न सरकारी तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उनले स्पष्ट पारिन्।

    उनले भनिन्, ‘नयाँ स्वास्थ्य चुनौती समाधानको लागी हामी सबै जनाले सरकारवाल निकायबिच सहकार्य अपरिहार्य छ । यी स्वास्थ्यको अवधारणले महत्वले आत्मसाथ गर्दै सरकाले सन २०१९ राष्टय एक स्वास्थ्य र नीति स्वकृत गरेको छ ।’

    नेपाल सरकारले सन् २०१९ मा राष्ट्रिय एक स्वास्थ्य नीति स्वीकृत गरिसकेको उल्लेख गर्दै उनले आगामी दिनमा विशेषगरी नसर्ने रोगहरूको नियन्त्रणका लागि समन्वय र सहकार्य अझ सुदृढ गरिने बताइन् । न्यूज बैंक

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार