सोमबार, असोज १९ गते २०८३

ओलीको आईसीयूमै उपचार, अझै तीन दिन अस्पताल बस्नुपर्ने

ओलीको आईसीयूमै उपचार, अझै तीन दिन अस्पताल बस्नुपर्ने

अखबार दैनिक
बुधबार, वैशाख २ २०८३
  • ओलीको आईसीयूमै उपचार, अझै तीन दिन अस्पताल बस्नुपर्ने

    पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आज साँझसम्म वार्डमा सार्ने तयारी भइरहेको छ । गत सोमबार पित्तथैलीमा भएको ढुंगा निकालेदेखि ओली आईसीयूमा उपचाररत छन् । ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार ओलीको स्वास्थ्य अवस्था सामान्य नै छ । ‘पित्तथैलीमा भएको ढुंगा ल्योप्रोस्कोपी विधिबाट निकालेका थियौं ।

    आज साँझ वार्डमा सार्ने तयारी गरेका छौं,’ ती चिकित्सकले अनलाइनखबरसँग भने, ‘ अहिले स्वास्थ्य अवस्था सामान्य नै छ ।’ ती चिकित्सकका अनुसार ओलीले अझै तीन चार दिन अस्पताल बस्नुपर्ने हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ