सैनिकमञ्च टुँडीखेलमा गणतन्त्र दिवस २०८३ मूल समारोह जारी रहेका बेला एक जना सैनिक जवान लडेका छन् ।ड्युटीमा खटिएका बेला भुइँमा लमतन्न परेका उनलाई अन्यले उठाएका थिए । उनलाई सैनिकमञ्च परिसरमै रहेको उपचारस्थलमा लगिएको थियो ।
उनी सहयोगीहरुको सहरामा हिँडेरै उपचारस्थलमा पुगेका थिए ।नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले ती सैनिक एकैठाउँमा उँभिरहँदा ‘खुट्टा जाम’ भएर लडेको बताए । ‘ उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता बस्नेतले जानकारी दिए । ती सैनिक जवानको परिचय भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस