बिहीबार , साउन २१ गते २०८३

निःशुल्क मुटु परीक्षण शिविरबाट एक हजाभन्दा बढी लाभान्वित

निःशुल्क मुटु परीक्षण शिविरबाट एक हजाभन्दा बढी लाभान्वित

अखबार दैनिक
सोमबार, जेठ १८ २०८३
  • निःशुल्क मुटु परीक्षण शिविरबाट एक हजाभन्दा बढी लाभान्वित

    दुईदिने निःशुल्क मुटुरोग परीक्षण स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् । रोटरी क्लब अफ गोरखाको आयोजनामा प्रदेश अस्पताल गोरखा र सिरानचोक गाउँपालिका सञ्चालित शिविरमा ७६२ जना र सिरानचोक गाउँपालिकामा आयोजित शिविरबाट २५९ जनाले सेवा लिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका विभागीय प्रमुख एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले जानकारी दिनुभयो ।

    ‘सम्भव छ नेपाल, मुटु जोगाउ’ काठमाडौँको समन्वय र  त्रिवि शिक्षण अस्पतालले प्राविधिक सहयोग शिविर सञ्चालन गरिएको हो ।

    यही जेठ १६ र १७ गते सञ्चालित शिविरमा मुटुरोगसम्बन्धी परामर्श, इसिजी र इको कार्डियो जाँचका साथै आवश्यक औषधिहरु निःशुल्क वितरण गरिएको थियो । मुटु जाँच गराएकामध्ये केहीमा बाथ, मुटुरोग, जन्मजात मुटुरोग तथा मुटुको नसा ‘ब्लक’ हुने जस्ता गम्भीर स्वास्थ्य समस्या रहेको पाइएकाले उनीहरुको थप उपचारका लागि व्यवस्था मिलाउने उहाँले बताउनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार