शनिबार, कात्तिक १ गते २०८३

कालीगण्डकी करिडोर अवरुद्ध

कालीगण्डकी करिडोर अवरुद्ध

अखबार दैनिक
शुक्रबार, असोज ९ २०८३
  • कालीगण्डकी करिडोर अवरुद्ध

    गुल्मी, ९ असोजः कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक अवरुद्ध भएको छ ।    
       

    उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा आज बिहान पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही गाउँपालिका–४ भएर बग्ने पाती खोलामा जलसतह बढेपछि यातायात सेवा पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।    
        
    सडक अवरुद्ध भएपछि उक्त क्षेत्रबाट बागलुङ, पाल्पा, बुटवल र पोखरा जाने सम्पूर्ण सवारीसाधन तथा यात्री बीच बाटोमा रोकिएका छन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ