बिहीबार , असोज २९ गते २०८३

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

अखबार दैनिक
आइतबार, असोज ११ २०८३
  • पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

    जनकपुरधाम, ११ असोजः मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा परेका छन् भने पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।    
        
    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार पहिरोमा पुरिएर मिथिला नगरपालिका–११ अपागाछीकी ३५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको होे ।    
        
    अविरल वर्षाले सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा निजी घर तथा अन्य भौतिक संरचनामा क्षति भएको छ ।    
        
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कङ्कालिनी नगरपालिका क्षेत्र तथा सीमावर्ती क्षेत्रका २५० घर डुबानमा परेका छन् ।    
        
    त्यसैगरी, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– वडा नम्बर ७, ११ र १२ क्षेत्रमा कोशी बाँधको दक्षिणतर्फका २०० घरमा पानी पसेको जानकारी प्रवक्ता खनालले दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ