काठमाडौँ, १९ कात्तिक: परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाको राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल-अमेरिका सम्बन्धका विविध पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटका क्रममा दुई देशबीचको सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा कुराकानी भएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस