बिहीबार , मंसिर ३ गते २०८३

दानबहादुर कार्कीको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

अखबार दैनिक
बुधबार, मंसिर २ २०८३
  • दानबहादुर कार्कीको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

    २ मंसिर, काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षक ९आईजीपी पदमा पुनर्बहाली गर्न माग गर्दै निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

    न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीको मागअनुसार तत्काल अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। यद्यपि, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको छ।

    अदालतले कार्कीलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली नगर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ।

    सबै विपक्षीको लिखित जवाफ प्राप्त भएपछि सर्वोच्च अदालतले मुद्दाको नियमित सुनुवाइका लागि पेसी तोक्नेछ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार