बिहीबार , साउन २१ गते २०८३

बाक्लो हुस्सुले आन्तरिक तथा अन्तराष्ट्रिय उडान प्रभावित

बाक्लो हुस्सुले आन्तरिक तथा अन्तराष्ट्रिय उडान प्रभावित

अखबार दैनिक
शुक्रबार, मंसिर २६ २०७७
  • बाक्लो हुस्सुले आन्तरिक तथा अन्तराष्ट्रिय उडान प्रभावित

    मंसिर २६,

    काठमाडौँ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित भएको छ। मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित भएको छ ।

    बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी(दृश्य क्षमता) कम भएका कारण अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान प्रभावित भएको विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले जानकारी दिएका छन् । उनका अनुसार आज बिहान चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको जहाज मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

    बिहान करिब ६:३० बजे उक्त जहाज अवतरण गरे पनि लगत्तै बाक्लो हुस्सु लागेपछि विमानस्थलमा कुनै पनि जहाजको उडान अवतरण भएको छैन । हुस्सु खुलेपछि अर्थात बिहान १० बजेपछि मात्र उडान सामान्य हुने निमित्त महाप्रबन्धक कर्णले बताए । ‘बिहान एक मात्र अन्तर्राष्ट्रिय उडानको जहाज अवतरण भयो। अहिले बाक्लो हुस्सुले भिजिबिलिटी १०० मिटर मात्रै छ, बिहान १० बजेपछि मात्र उडान सामान्य हुनेजस्तो देखिन्छ’, उनले भने ।

    अन्तर्राष्ट्रिय उडानका जहाजलाई अवतरण गर्न एक हजार ५०० मिटर भिजिबिलिटी चाहिन्छ । त्यस्तै आन्तरिक उडानका जहाजको प्रकृति अनुरुप फरक–फरक भिजिबिलिटी हुनुपर्छ । आइएफआर जहाजलाई उडानका लागि डेढ किलोमिटर भिजिबिलिटी चाहिन्छ । ती जहाजलाई अवतरणका लागि तीन किलोमिटर भिजिबिलिटी चाहिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार