बिहीबार , साउन २१ गते २०८३

२०२० को ‘गोल्डेन फुट’ अवार्ड क्रिस्टियानो रोनाल्डोलाई

२०२० को ‘गोल्डेन फुट’ अवार्ड क्रिस्टियानो रोनाल्डोलाई

अखबार दैनिक
मंगलबार, पुस ७ २०७७
  • २०२० को ‘गोल्डेन फुट’ अवार्ड क्रिस्टियानो रोनाल्डोलाई

    पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले २०२० को गोल्डेन फुट अवार्ड प्राप्त गरेका छन् । वर्ल्ड च्याम्पियन्स क्लबले ३५ वर्षीय रोनाल्डोलाई उक्त अवार्ड प्रदान गरेको हो ।

    रोनाल्डोलाई डिसेम्बर १ मै अवार्ड विजेता घोषणा गराइएको थियो । त्यसको तीन सातापछि उनलाई अवार्ड प्रदान गरिएको हो ।

    वर्ल्ड च्यामिपयन्स क्लबले सफल करियर भएका २८ वर्ष माथिका खेलाडीलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।

    रोनाल्डो यस अवार्डको १८औँ विजेता हुन् । यो अवार्ड एक खेलाडीले एक पटक मात्र पाउँछन् । गोल्डेन फुट अवार्डका विजेता खेलाडीका फुटप्रिन्ट मोनाकोमा राखिँदै आएको छ ।

    उक्त अवार्ड जित्ने रोनाल्डो पहिलो खेलाडी समेत बने । अन्तर्राष्ट्रिय जर्नालिस्टहरुको भोटिङको आधारमा अवार्ड विजेता छानिनेछ । युभेन्ट्सका फरवार्ड रोनाल्डोले अन्तिम भोटिङमा लिओनल मेसी, रोवर्ट लेवान्डोस्की, जर्जिओ चिलेइनी, नेमार, सर्जियो रामोस, सर्जियो अगुएरो, जेरार्ड पिके, मोहम्मद सालाह र अर्टुरो भिदाललाई पछि पारे ।

    सन् २००३ बाट प्रदान गर्न सुरु गरिएको अवार्ड यसअघि १७ खेलाडीले पाइसकेका छन् ।

    अहिलेसम्मका गोल्डेन फुट अवार्ड विजेताहरु :

    रोबर्टो बाजियो २००३

    पाभेल नेभडेड २००४

    आन्द्रे सेभचेन्को २००५

    रोनाल्डो नाजारियो डे लिमा २००६

    अलेसान्रो डेल पिएरो २००७

    रोबर्टो कार्लोस २००८

    रोनाल्डिन्हो २००९

    फ्रान्सेस्की टोट्टी २०१०

    राएन गिग्स २०११

    ज्लाटन इब्राहिमोभिच २०१२

    डिडिएर ड्रोग्बा २०१३

    आन्द्रेज इनिस्टा २०१४

    सामुएल एटो २०१५

    जियानलुजी बफोन २०१६

    इकरकासियास २०१७

    एडिनसन कभानी २०१८

    लुका मोडरिच २०१९

    क्रिस्टियानो रोनाल्डो २०२०

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार