बिहीबार , साउन २१ गते २०८३

भारतीय पूर्वराजदूत श्यामशरणसँग कुरा मिलिसक्यो, संसद पुनःस्थापना हुन्छ : प्रचण्ड

भारतीय पूर्वराजदूत श्यामशरणसँग कुरा मिलिसक्यो, संसद पुनःस्थापना हुन्छ : प्रचण्ड

अखबार दैनिक
शुक्रबार, पुस १७ २०७७
  • भारतीय पूर्वराजदूत श्यामशरणसँग कुरा मिलिसक्यो, संसद पुनःस्थापना हुन्छ : प्रचण्ड

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन असफल बनेपछि बरिष्ठ नेता माधवकुमार नेपालसहित पार्टीबाट अलग हुनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले संसद पुनस्थापना गरिदिने बचन दिएको भन्दै ढुक्क रहन आफू निकट नेता कार्यकर्तालाई सुझाव दिनुभएको तथ्य खुलेको छ ।

    पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले आज चितवनका आफू निकट एक कार्यकर्तासँग यस्तो पोल खोल्नुभएको हो । स्रोतका अनुसार प्रचण्डले आफूले नेपालका लागि पूर्वभारतीय राजदुत श्यामशरणसँग पटकपटक कुराकानी गरेको र उनले भारतका बिशेष ब्यक्तिहरुसँग कुराकानी गरेपछि संसद पुनःस्थापना गरिदिने बचन दिएको जानकारी दिनुभएको छ ।

    प्रचण्डले आज चितवनका नन्ददाद दाहालसँग टेलिफोन संवाद गर्दा यस्तो जानकारी दिनुभएको स्रोतले बतायो । ‘आज भर्खरै पनि मेरो श्यामशरणसँग कुरा भएको छ, ढुक्क हुनोस अव संसद पुनःस्थापना हुन्छ, अदालतबाट हाम्रा लागि यो काम गरिदिन्छौं भनेका छन, ओलीको केही लाग्दैन,’ स्रोतका अनुसार नन्दलालसँग प्रचण्डको भनाई थियो ।

    संवादको क्रममा प्रचण्डले भारतसँग सवै कुरा मिलाइसकेको पनि बताउनु भएको छ । स्रोतका अनुसार संबिधानअनुसार पुनःस्थापना हुन संभव नभए पनि भारतले संसद पुनःस्थापना गरिदिए कालापानी, लिपुलेक र लिम्पयाधुराको मुद्दालाई कहिल्यै नउठाउने सर्तनामा गरेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार