बिहीबार , साउन २१ गते २०८३

प्रचण्ड–माधव पक्षले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटायो

प्रचण्ड–माधव पक्षले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटायो

अखबार दैनिक
सोमबार, पुस २० २०७७
  • प्रचण्ड–माधव पक्षले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटायो

    नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष)ले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटाउने निर्णय गरेको छ।

    दुई दिन बसेर सामेबार सकिएको स्थायी कमिटी बैठकले गण्डकी प्रदेश इन्चार्ज रहेका गुरुङको ठाँउमा पूर्व माओवादीका देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ। त्यस्तै लुम्बिनी प्रदेश इन्चार्ज पोखरेललाई हटाएर युवराज ज्ञवालीलाई जिम्मा दिएको स्थायी कमिटी सदस्य वेदुराम भुसालले नेपाल प्रेसलाई बताए । उनीहरु दुवै जना ओली पक्षमा छन्।

    बैठकले गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई राख्ने निर्णय गरेको छ। त्यस्तै प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ। प्रदेश कमिटी सचिव गोविन्द नेपाली ओली पक्षमा लागेपछि थकालीलाई ल्याइएको हो ।

    बैठकमा प्रदेश १, २, वागमती, कर्णाली र सुदुरपश्चिमका बारेमा भने केही निर्णय हुन सकेन । यी प्रदेशका ९ प्रदेश पदाधिकारी ओली पक्षतिर लागेकाले प्रचण्ड–माधव पक्षले त्यहाँ आफ्ना पक्षबाट नेतृत्व चयन गर्नुपर्ने छ।

    रिक्त नेतृत्व चाँडै नियुक्त गरिने भएको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा रहेको कार्यदलले यसलाई टुंग्याउने भएको छ।

    प्रदेश १ का अध्यक्ष देवराज घिमिरे ओली पक्षतिर लागेका छन् । प्रदेश २ का इन्चार्ज सत्यनरायण मण्डल, सह इन्चार्ज प्रभु साह र सचिव सुमन प्याकुरेल पनि ओली पक्षतिरै लागेका छन्।

    त्यस्तै वागमती प्रदेशका अध्यक्ष आनान्द पोखरेल पनि ओली पक्षतिर लागेका छन्। कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटी र सह इन्चार्ज यमलाल कडेँल पनि ओली पक्षमा लागेकाले त्यहाँ नयाँ नेतृत्व ल्याउनुपर्ने छ।

    त्यस्तै सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र सहइन्चार्ज लेखराज भट्ट पनि ओली पक्षतिरै लागेका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार