शुक्रबार, साउन २२ गते २०८३

ढाडमा टेकेर टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा : शंकर पोखरेल

ढाडमा टेकेर टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा : शंकर पोखरेल

अखबार दैनिक
सोमबार, पुस २० २०७७
  • ढाडमा टेकेर टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा : शंकर पोखरेल

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड आफैं सडकमा पुगेको बताएका छन्।

    आज चितवनमा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले पूर्व एमाले भित्रको अन्तर्विरोधमा खेल्न खोज्दा प्रचण्ड फसेको बताए ।

    उनले भने, ‘ढाडमा टेकेर टाउकोमा हान्ने नीति सधैं सफल हुँदैन,’ ‘यसपटक कमरेड प्रचण्ड फस्नुभयो ।’ सडकमा निस्कँदा जनताले साथ देलान् भन्ने सोचेका प्रचण्डलाई आफ्नै कार्यकर्ताले साथ नदिएको दाबी गरे ।

    उनले भने, ‘उहाँ विदेशीको सहयोग चाहियो भन्न थाल्नुभएको छ,’ ‘प्रधानमन्त्रीलाई नक्कली राष्ट्रवादी भनेर आरोपपत्र पेश गर्ने व्यक्तिको राष्ट्रवाद सबैले देखिरहेका छन् ।’

    जनतामा जान नचाहनेहरूले विघटनको विरोध गरेको भन्दै उनले चुनावमा जितेर प्रधानमन्त्री बन्न प्रचण्डलाई चुनौती दिए । प्रचण्ड चुनावसँग डराएर हरेकचोटि निर्वाचन क्षेत्र परिवर्तन गर्ने गरेको आरोप लगाउँदै उनले अबको निर्वाचनमा चितवन पनि छाड्ने दाबी गरे ।

    पार्टीका बागमती प्रदेश सचिव आनन्द पोखरेलले नेकपा पुनर्गठन बाध्यता भएको बताए। उनले नातावादको विरूद्ध उत्रिन कार्यकर्तालाई आह्वान गरे ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार