बिहीबार , साउन २१ गते २०८३

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ माघ तेस्रो हप्ताबाट

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ माघ तेस्रो हप्ताबाट

अखबार दैनिक
शनिबार, माघ १० २०७७
  • ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ माघ तेस्रो हप्ताबाट

    ग्रीनलाइफ हाइड्रोपावरले माघ तेस्रो हप्तादेखि आइपीओ निष्कासन गर्ने भएको छ। ग्रीन लाईफ र सानिमा क्यापिटल बिच सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतामा सो जानकारी दिइएको हो। सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा ग्रीन लाईफको तर्फबाट अध्यक्ष याङचेन डोमा लामा र सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन्। हाइड्रोपावरले २०७७ माघ गतेदेखि लागू हुने गरी सानिमा क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ।

    हाइड्रोपावरले यसअघि स्थानीय बासिन्दाले नकिनेको १६ लाख ९६ हजार ४०० कित्ता सेयर समेत गरी जम्मा ३४ लाख ९६ हजार ४०० कित्ता साधारण सेयर बिक्रीमा ल्याउन लागेको हो। यसमा सामुहिक लगानी कोष, कर्मचारीलाई छुट्याएर बाँकी सेयर सर्बसाधारणमा बिक्रीमा आउने छ। बिहीबार मात्रै नेपाल धितोपत्र बोर्डले ग्रीनलाइफ हाइड्रोपावरलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ।

    ग्रीनलाईफ हाईड्रोपावर कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६६ साल आश्विन ०४ गते नेपाल सरकार उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयमा ग्रीनलाइफ इनर्जी प्रा.लि.को रुपमा दर्ता भई मिति २०७४ आषाढ ९ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो। कम्पनीको प्रदेश नं। ३, दोलखाजिल्लाको गौरीशंकर गाउँपालिका (तत्कालीनखारे तथामार्बु गा.वि.स.) माबहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानीमिसाई आयोजना निर्माण गरी ४० मेगावाट क्षमताको विजुली उत्पादन गर्ने उद्देश्य अनुरुप २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार