बिहीबार , साउन २१ गते २०८३

मुख्यमन्त्री पाेखरेलकाे अर्काे अभिनय

मुख्यमन्त्री पाेखरेलकाे अर्काे अभिनय

अखबार दैनिक
सोमबार, माघ १९ २०७७
  • मुख्यमन्त्री पाेखरेलकाे अर्काे अभिनय

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा २५ प्रतिशत काम सकिएको पुलको सिलान्यास गरेर नाटक गरेका छन्। काम सुरू हुनुअघि नै सिलान्यास हुने प्रचलन रहेपनि मुख्यमन्त्री पोखरेलले नेकपा विभाजित भएको बेला विकासको जस लिन काम सुरू भइसकेको पुल सिलान्यास गरेका हुन्।

    नेकपा ओली पक्षको जिल्ला भेलाका लागि रोल्पाको लिबाङ पुगेका मुख्यमन्त्री पोखरेलले लिबाङनजिकै रहेको धाङ्सी खोलाको २५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएर भुक्तानी समेत लिएको पुलको शनिवार सिलान्यास गरेका छन्। करीब १ घण्टा पुल सिलान्यासमा बिताएका मुख्यमन्त्री पोखरेलले दिनभर ओली पक्षका स्थानीय नेता कार्यकर्तालाई प्रशिक्षण दिनमा समय खर्चिएका थिए।

    मुख्यमन्त्री पोखरेलले निर्माण सम्पन्न भइसकेको पुलको पिल्लरमा बसेर पूजापाठसहित पुलको सिलान्यास गरेका छन्। प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी र मुख्यमन्त्री पोखरेलकी पत्नी तथा विघटित प्रतिनिधिसभा सदस्य सुजिता शाक्यले सिलान्यासमा सघाएकी छन्। ६० मिटर लम्बाई रहेको पुलका ३ पिल्लरमध्ये २ पिल्लर सम्पन्न भइसकेका छन्। त्यही पिल्लरमा बसेर मुख्यमन्त्री पोखरेलले पुलको सिलान्यास गरेका छन्।

    ‘गर्नुपर्ने समयमा सिलान्यास नगरेर के गर्न खोजेको हो ?’ निर्माण व्यवसायी संघ रोल्पाका अध्यक्ष मानबहादुर खत्रीले भने, ‘गर्नुपर्ने बेलामा कसैले वास्ता नगर्ने, आधा बन्न लागेपछि सबैले आँखा लगाउनु काम राम्रो भएन।’ मुख्यमन्त्री पोखरेलको काम देखेर सबैले आश्चर्य व्यक्त गरेका छन्। जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले उद्घाटन गर्ने समयमा सिलान्यास गर्नु राम्रो नभएको टिप्पणी गरेका छन्।

    मुख्यमन्त्री पोखरेलले शनिवार सिलान्यास गरेको पक्की पुलको निर्माण कम्पनी एसियाटिक राज जेभीले ५ करोड ६१ लाख ४९ हजार ५४९ रुपैयाँमा २०७९ असोज २४ गते निर्माण सम्पन्न गरिसक्ने गरी ठेक्का लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार