बिहीबार , असोज २९ गते २०८३

अहिलेको राजनीतिले देशको जिम्मेवारी बोक्न सक्दैन : विश्वप्रकाश शर्मा

अहिलेको राजनीतिले देशको जिम्मेवारी बोक्न सक्दैन : विश्वप्रकाश शर्मा

अखबार दैनिक
सोमबार, फागुन १० २०७७
  • अहिलेको राजनीतिले देशको जिम्मेवारी बोक्न सक्दैन : विश्वप्रकाश शर्मा

    कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनुपर्ने बताएका छन। सोमबार काठमाडौँमा विद्यार्थीहरुमाझ भएको एक कार्यक्रममा बोल्दै कांग्रेस प्रवक्ता शर्माले अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसक्ने भन्दै राजनीति बदलिनुपर्ने बताएका हुन।

    देशले सामाजिक रुपान्तरणको भारी बोक्न नसकेकोले राजनीति, प्रशासन, सिंगो समाज र मानिसहरुको मानसिकता रुपान्तरणको लागि सामाजिक परिवर्तन गर्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।

    प्रवक्ता शर्माले चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा राजनीतिक दलहरुको झण्डा भन्दा बलियो बन्नुपर्ने बताए। आजका युगका विद्यार्थीहरुले डाक्टर, इन्जिनियर बन्छु भनेर मात्रै होईन बदलिएको नेपालको नागरिक बन्न र आफ्नो कारणले कसैलाई कुनै असर नपर्ने बन्ने चाहाना राख्नुपर्ने बताए।

    कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य सँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताए। आफ्नो कार्यकालमा प्राधिकरणलाई झण्डै ४० अर्ब नाफामा ल्याएको बताए।

    पूर्वकार्यकारी निर्देशक घिसिङले अब हरेक व्यक्ति आत्मनिर्भर हुनुपर्नेमा जोड दिए। उनले हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पुरा गरेपनि देश सुन्दर हुने बताए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ