बिहीबार , साउन २१ गते २०८३

आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर, सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर, सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

अखबार दैनिक
शुक्रबार, असोज १ २०७८
  • आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर, सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

    काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको आईपीओको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त नियुक्ती सम्बन्धी सम्झौतामा विकास हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । कम्पनीले गोरखाको धार्चे गाउँपालिकामा अवस्थित माछा खोलामा अपर माछा खोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । ४.५५ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको जनाएको छ । कम्पनीले अधिकृत तथा जारी पुँजी ४६ करोड २८ लाख ५० हजारको ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रकम बराबरको १३ लाख ८८ हजार ५०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार