आइतबार, भदौ १४ गते २०८३

अखड नेपालको कलपनामा छुट्यको विषय छुवाछुत ?

अखड नेपालको कलपनामा छुट्यको विषय छुवाछुत ?

बुधबार, कात्तिक २३ २०७९
  • अखड नेपालको कलपनामा छुट्यको विषय छुवाछुत ?

    काठमाडौं । नेपालको संविधान २०७२ ले दलित सम्बन्धी अधिकारको ७ वटा उपदफाको व्यवस्था गरेको छ भने पाचँवटा बुदामा कानुन् निर्माण गरेर लागु गर्नुपर्ने जनाएको छ । संविधान ऐन कानुनमा दलित सम्बन्धी हकको प्रशस्त व्यवस्था गरे पनि दलित समुदायको उत्पीडन नियममा आउन सकेको छैन । नेपालमा थुप्रै राजनितिक परिर्वतन भए । राज्य संरचना र व्यवस्थामा पनि अनगिन्ती चरित्र र मानसिकतालाई हामीले परिवर्तन गर्न सकेको रहेनछौँ, भन्ने कुराको पृष्टि दलितमाथी हुने जातीय विभेद अन्याय र अत्याचारले गरेको छ । 


    नेपालमा दलितको अवस्था कुनै पनि मापकमा अगाडि छैन, खासगरी नेपालका राजनीति दलले सत्तामा पुग्नु भन्दा पहिले दलितको एजेन्डालाई प्राथमिकता दिए पनि सत्तामा पुगे पछि बिर्सिने गरेका छन् । 

    आज हामी सिंगो नेपाललाई छुवाछुत राष्ट्र घोषणा गरेको १५ वर्ष पुरा गरेर १६ औँ वर्षमा प्रवेश गरेका छौ, तर हाम्रो समाजमा अहिले पनि छुवाछुत प्रथा एउटा भाइरसझौँ भएको छ, जसलाई खोपको आवश्यकता छ । दलितले सयौँ वर्षसम्म यो समाजले खडा गरेको पर्खाल भित्र कसरी अपमानित जीवन जिएका होलान्  नेपाली समाजमा जातीय विभेद कसरी जगडिएर रहेको छ भन्ने कुरा पहिलाका पुर्खालाई मात्र होइन अहिलेको भावि पुस्तालाइ नकारात्मक असर परेको छ । 


    नेताका घोषणा पत्र चुनाबै पिछे रंगिय जातिगत भेदभाव अन्त्यगर्नु पर्छ हाम्रो सत्ता आयो भने पूरा हुन्छ। अब्शोज त्यो कैले भयन त्यो एउटा आश्वासन रहेछ। छुवाछुद समाधान नेताले हैन हाम्रो घर परिवार र समाज बाट हुनु पर्दो रैछ। महलको समस्या हैन रहेछ, छुवाछुद झुपडिमा पिरोल्ने घाउ रैछ। धनमा हैन छुवाछुत गरिबमा सिमित रैछ । अखण्ड नेपाल जन्मौ जन्म जिवीत  राखनु नै छ त्यो शान्तिमा निहित छ । शिक्षामा काहा पढाइन्छ छुवाछुत गर्नु पर्छ,कमजोरी शिक्षाको पनि हो ।

    आजको दिन सम्म कुनै पुस्तिकामा छुवाछुतको कुनै समाधान पढाइन । पाकाएको खाना, पिउने पानीमा भेदभाब कैले सम्म कागजमा छुवाछु आज भन्दा दस बर्ष पहिले समाधान भयो होला समाजमा ज्युको त्यु जिबितै छ । परिर्वतन नयाँ पुस्ताको हातमा छ । सिङ्गो नेपालको उज्वल भबिस्य हामी आम नेपालिमा निर्भर छ । भेदभाब, छुवाछूत समाजका क्यानसर हुन् यसको समाधान गर्नु पर्छ । भाबिपिडिले बर्ग जातले हैन समय अनुकुल श्रोतले गरिनु पर्छ, जातले हैन । बुद्धको त्यो उपदेस : मान्छे नमरेको घर कुन छ ? त्यस्तो समाज कुन छ ? हामी आम नेपाली हौँ हामी मिलेर बस्नु पर्छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ