शुक्रबार, कात्तिक २३ गते २०८२

अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क बढाएको भन्दै ट्याक्सी चालकले गरे प्रदर्शन

अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क बढाएको भन्दै ट्याक्सी चालकले गरे प्रदर्शन

अखबार दैनिक
मंगलबार, मंसिर १३ २०७९
  • अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क बढाएको भन्दै ट्याक्सी चालकले गरे प्रदर्शन

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क बढाइएको भन्दै ट्याक्सी चालकहरूले प्रदर्शन गरेका छन्।

    आज मंगलबार बिहान उनीहरुले विमानस्थलको आवागमन गेट अगाडि प्रदर्शन गरेका हुन् । विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । त्यहाँ पार्किङ गर्ने सवारी साधनका धनीहरूले महँगो शुल्क तिर्नु परेको गुनासो गर्दै आएका छन् ।


    पहिले पार्किङ शुल्क बापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएकोमा अहिले एकैचोटी बढाएर ८० रुपैयाँ पुर्याइएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । १ सय रुपैयाँ पुर्याउने धम्की समेत दिइएको भन्दै ट्याक्सी चालकहरूले आवागमन गेट अगाडि नै बसेर प्रदर्शन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ