मंगलबार, साउन १ गते २०८२

जनतालाई उत्पादन र रोजगारी सँग जोड्छौः मन्त्री लम्साल

जनतालाई उत्पादन र रोजगारी सँग जोड्छौः मन्त्री लम्साल

अखबार दैनिक
आइतबार, कात्तिक ३ २०७६
  • गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले अब दुई बर्ष भित्र प्रत्यक घरका नागरिकहरुलाई उत्पादन र रोजगारी सँग जोड्ने गरि सरकारले काम गर्ने बताउनुभएको छ । पर्वतको फलेवास नगरपालिका स्थित ठानामौला र लिमिठानमा आयोजना गरिएको जनता सँग प्रत्यक्ष जोडिने कार्यक्रम जनप्रतिनिधि जनता विकास सम्वादलाई सम्बोधन गर्दै मन्त्री लम्सालले पहिलो बर्ष सरकारको कानुनी बर्ष भएकाले बाहिर उल्लेखनिय काम नदेखिएको भएता पनि यो बर्ष सरकारले पूर्ण भौतिक पूर्वाधारमा काम गर्ने बताउनुभयो । ”सरकार बनेको पहिलो एक डेढ बर्ष कानुन निर्माणमै बित्यो मन्त्री लम्सालले भन्नुभयो”त्यसैले काम नभएजस्तो भयो कानुनी प्रक्रियाको टुंगो नलगाईकन अरुकाम गर्ने कुरा रहेन, अब सरकारले यो बर्ष पूर्ण भौतिक पूर्वाधार निर्माणमै काम गर्दै छ, त्यसपछि सरकारको काम देखिनेछ । उहाँले सरकारले पहिलो बर्ष कानुनी बर्ष,दोस्रो बर्ष भौतिक पूर्वाधार बर्ष र भौतिक पूर्वाधारको व्यवस्थापछि जनतालाई उत्पादनमुखीकाममा लगाई रोजगारीका ढोकाहरु प्रस्शत खोलिन गरि योजना अगाडी बढेको बताउनुभयो । संविधानले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गर्दै देशको श्रमशक्तिलाई दक्ष र व्यावसायिक बनाउने, स्वदेशमा नै रोजगारी अभिवृद्धि र सबै श्रमिकको मर्या्दित श्रमको आधारभूत अधिकार सुनिश्चित गर्ने भनेको र सरकारले पनि त्यही अनुसार काम अगाडी बढाउदै लगेको उहाँको भनाई थियो । साथै उहाँले यो सरकारको ५ बर्षे कार्यकालमा मुलुकलमा आमुल परिर्वतन हुने दावी समेत गर्नुभयो । दीर्घकालीन रूपमा दिगो रोजगारीका लागि ‘म्यानुफ्याक्चरिङ’ क्षेत्रलाई जोड दिदै केही वस्तुको उत्पादन आयात प्रतिस्थापन गर्न सरकारले उद्यमीहरूलाई प्रोत्साहन गर्ने बताउनुभयो । मन्त्री लम्सालले उर्जा,उद्योग,कृषि,पर्यटन बाट दीर्घकालीन रूपमा रोजगारी उपलब्ध गराउने गरि सरकारले कम गरिरहेको बताउनुभयो । मन्त्री लम्साले आर्थिक वृद्धि हासिल गर्न आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्मा,उपमेयर मञ्जु अधिकारी,वडा नं. ८ का वडाध्यक्ष मन ब.कुँवर, वडा नं. ७ का वडाध्यक्ष हरिराम रेग्मी लगाएतले बोल्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ