आइतबार, असार १६ गते २०८२

फोटो पत्रकार थोकरलाई अन्तर्राष्ट्रिय अवार्ड

फोटो पत्रकार थोकरलाई अन्तर्राष्ट्रिय अवार्ड

अखबार दैनिक
सोमबार, वैशाख १८ २०८०
  • फोटो पत्रकार थोकरलाई अन्तर्राष्ट्रिय अवार्ड

    काठमाडौँ- नेपालका फोटो पत्रकार केशवराज थोकरले अन्तर्राष्ट्रिय अवार्ड जितेका छन्। एसियन आर्ट एसोसिएसन सिंगापुरले आयोजना गरेको एसियन फोटो प्रेस २०२३ नामक प्रतियोगितामा दोस्रो स्थान हात पर्न सफल भएका हुन्।

    images

    उनको फोटो कथाले महिला अधिकार विधाअन्तर्गत दोस्रो स्थान जितेको हो। उनको फोटो कथा काठमाडौँको एक गुम्बामा रहेका बौद्धधर्मी भिक्षुणीहरूले शताब्दीऔंदेखि महिलामाथि हुने गरेका विभेदलाई अन्त्य गर्न र लैगिंक समानता प्रवर्द्धन गर्न गरेका प्रयाससम्बन्धी थियो।

    Keshav-Thokar.jpg
                                                                           केशव थोकर
    बंगलादेशका फोटोग्राफरले पहिलो स्थान हात पारेका छन्। एसियास्तरको यो प्रतियोगितामा हरेक विषयवस्तुका विजेताहरूलाई सिंगापुरे डलर १००० दिइएको छ। थोकर नेपालबाट यो प्रतियोगिता जित्ने पहिलो व्यक्ति हुन्।

    फोटो पत्रकार थोकरले खिचेका तस्बिरहरू:

    Keshav-Thoker-Photo-4.jpgKeshav-Thoker-Photo-7.jpgKeshav-Thoker-Photo-8.jpgKeshav-Thoker-Photo-9.jpgKeshav-Thoker-Photo-1.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार