शुक्रबार, जेठ ११ गते २०८२

आजको वामपन्थ– २ : सात बुँदे प्रस्ताव पारित

आजको वामपन्थ– २ : सात बुँदे प्रस्ताव पारित

अखबार दैनिक
बिहीबार , पुस १९ २०८०
  • आजको वामपन्थ– २ : सात बुँदे प्रस्ताव पारित

    काठमाडौँ । नेपालको विद्यमान अर्थ राजनीतिक प्रणाली संरचनागत सुधारमा जोड दिनुपर्ने निष्कर्षसहित विभिन्न सात बुँदे प्रस्ताव पारित गरेर ‘आजको वामपन्थ–२’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

    images

    ‘विद्यमान अर्थ राजनीतिक प्रणाली संरचनागत सङ्कटमा छ । यसको समाधान पनि क्षेत्रहरू कृषि उद्योग र श्रम, वैदेशिक व्यापार, शिक्षा र स्वास्थ्यका क्षेत्रमा रहेका संरचनागत सङ्कटमा हस्तक्षेप गरेर मात्रै हासिल गर्न सम्भव छ’, पारित प्रस्तावमा भनिएको छ ।  साथै विद्यमान अर्थ राजनीतिक सङ्कटको चरित्र बहु आयामिक भएको पनि निष्कर्ष निकालिएको छ ।

    ‘सुशासनको अभाव, सरकार र सार्वजनिक संस्थाहरूले गर्ने सेवा प्रवाहमा देखिएको अकर्मण्यता, वामपन्थी नेतृत्वको सरकारले समेत आफ्नो वर्गीय दृष्टिकोण विपरीत कुलिन तथा बिचौलियासँग मिलेर लिने नीतिगत निर्णयहरुले जनताको अपेक्षाहरूको अवमूल्यन र समाजमा निराशा बढाउन योगदान पुर्‍याइरहेको छ’, प्रस्तावमा भनिएको छ, ‘प्रकारान्तरले यसले दलाल पुँजीवादसँग रहेको नेपाली जनताको मुख्य अन्तर्विरोध हल गर्नुको सट्टा दलाल तथा आसेपासे पुँजीवादको संरक्षण गरिरहेको छ । यस्तो नीतिले राष्ट्रिय पुँजीको विकास, औद्योगिकीकरण तथा व्यापक रोजगारी सृजनालाई अवरोध गरिरहेको छ ।’

    यस्ता छन् पारित प्रस्तावहरू :

    bam2_HhFEKZXOtT.webp

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ