आइतबार, जेठ १३ गते २०८२

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

अखबार दैनिक
आइतबार, जेठ १३ २०८२
  • रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

    जेठ ११ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ ।  बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

    images

    रास्वपाको केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक हिजो ४ बजे बसेको  थियो भने त्यसको निरन्तरता स्वरूप केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो । 

    बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चले दिएको आदेश, पछिल्लो राजनीतिक घटनाक्रम, भिजिट भिसामा जानेहरूबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको चर्चालगायत विषयमा छलफल हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ