बिहीबार , जेठ ३ गते २०८२

आज प्रतिनिधि सभा बैठक बस्दै

आज प्रतिनिधि सभा बैठक बस्दै

अखबार दैनिक
आइतबार, कात्तिक १२ २०८०
  • आज प्रतिनिधि सभा बैठक बस्दै

    १२ कात्तिक, काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे सुरु हुनेछ ।

    images

    आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरु तथा संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका छ ।

    अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक-२०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक- २०८०, भन्सार विधेयक-२०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, भन्सार विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

    यस्तै, परराष्ट्रमन्त्री नारायणप्रकाश -एनपी) साउदले बिमस्टेक वडापत्र -बिमस्टेक चार्टर) अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ