बलिउड अभिनेता आमिर खानले हालै आफ्नी प्रेमिका गौरीलाई आफ्नी आमा जीनतसँग भेट गराइदिएका छन् । मदर्श डे मनाउन आमिरको सम्पूर्ण परिवार एकसाथ देखिएको थियो । सामाजिक सञ्जालमा बाहिरिएका यस उत्सवका तस्बिरहरूमा आमिरकी आमा जीनतले केक काट्दै गरेको देखिन्छ । यी तस्बिरमा आमिर खानकी प्रेमिका गौरी स्प्रेट उनकी आमाको ठिक पछाडि उभिएकी देखिन्छिन् ।
यस उत्सवमा आमिर आफ्नी बहिनी निखत र भान्जीहरूको साथमा देखिएका थिए । यस अवसरमा आमिर र गौरीको मात्रै तस्बिर भने बाहिर आएको छैन । तस्बिरहरू हेर्दा आमिरको परिवार गौरी र उनीहरूको सम्बन्धबाट धेरै खुसी छ जस्तो देखिन्छ ।
केही समयअघि, आमिरकी बहिनी निखतले एक अन्तरवार्तामा भाइकी प्रेमिकाको बारेमा भनेकी थिइन्, ‘हामी आमिर र गौरीको लागि धेरै खुसी छौं, किनकि उनी धेरै राम्रो व्यक्ति हुन् । अनि हामी साँच्चै चाहन्छौँ कि यी दुई सधैँभरि खुसी रहुन् ।’
सम्बन्धलाई आधिकारिक बनाएयता पटक पटक सँगै देखिएका छन् आमिर र गौरी
केही दिनअघि बलिउड निर्देशक बोनी कपूरकी आमा निर्मल कपूरको निधन भएको थियो । आमा गुमाएका बोनीलाई सान्त्वना दिन आमिरको साथमा गौरी पनि उनको घरमा पुगेका थिए ।
दुवै जना निकै समयसम्म बोनीको घरमा बसेका थिए । त्यतिबेला बोनी कपूर दुवैलाई बिदा गर्न ढोकासम्म आएका थिए । घरबाट निस्कँदै गर्दा आमिरले गौरीलाई अँगालो हालेको भिडियो इन्टरनेटमा भाइरल भएको थियो ।
यसअघि आमिर खान प्रेमिका गौरीसँग पूर्वपत्नी किरण रावको घरमै पुगेका थिए । कसैले उसको तस्बिर खिच्न नसकोस् भनेर घरबाट निस्कँदा आमिरको टोलीले गौरीलाई पूरै ढाकेका थिए । तर अब भने यो जोडी खुलेर मिडियासामु आइरहेको छ ।
अप्रिलमा, आमिर र गौरीले क्रिकेटर शिखर धवन र सोफी शाइनसँग डिनर गरेका थिए । अप्रिल १८ मा सोफीले यो भेटघाटको तस्बिरहरू पोस्ट गरेकी थिइन्, जसमा आमिरका छोरा जुनैद पनि देखिएका थिए ।
आमिर गौरीसँग मकाउ अन्तर्राष्ट्रिय कमेडी फिल्म फेस्टिभलमा पहिलो पटक सार्वजनिक रूपमा उपस्थिति भएका थिए । त्यहाँ आमिर खानलाई मास्टर ह्युमर अवार्डबाट सम्मानित गरिएको थियो । यहाँ दुवै जनाले एकै साथ पोज दिइरहेको देखियो ।
मार्च १४ मा आमिर खानले मिडियासँग आफ्नो ६० औँ जन्मदिन मनाएका थिए । यस समयमा उनले गौरीलाई मिडियासँग परिचय गराउँदै आफूहरू बिचको सम्बन्धलाई आधिकारिक बनाएका थिए । यद्यपि, यस समयमा आमिरले मिडियालाई गौरीको फोटो नखिच्न अनुरोध गरेका थिए । एजेन्सी