काठमाडौँ । नेकपा एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापानका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्ताहरू उपस्थित हुने क्रम जारी छ । चियापानमा खानाको व्यवस्थापन बानेश्वर अर्पण बैंक्वेटले गरेको छ । चियापानको मेन्युमा भेज कट्लेट, निम्की, लड्डु, केरा र चिया समावेश छ ।