ललितपुर । ललितपुरका स्थानीयले सामाजिक अभियन्ता 'ईः' का विरुद्ध नै प्रदर्शन गरेका छन् ।
फुटपाथमा व्यापार गर्न नदिने ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराउन १०८ मिनेट उभिने निर्णय गरेको 'ईः' का विरुद्ध स्थानीय नै विरोधमा उत्रिएका हुन् ।
स्थानीयले फुटपाथमा हिँड्न पाउनु पैदल यात्रीको पहिलो अधिकार भएको ब्यानरसहित प्रदर्शन गरेका छन् । उनीहरूले फुटपाथमा हिँड्न पाउने अधिकार हनन नगर्न समेत माग गरेका छन् ।