बिहीबार , साउन २१ गते २०८३

म १ बर्षको राष्टिय सभा र समितिको बैठक भत्ता नलिने घोषणा गर्दछु : नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ

म १ बर्षको राष्टिय सभा र समितिको बैठक भत्ता नलिने घोषणा गर्दछु : नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ

अखबार दैनिक
सोमबार, जेठ १२ २०७७
  • म १ बर्षको राष्टिय सभा र समितिको बैठक भत्ता नलिने घोषणा गर्दछु : नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ

    १२,जेठ, काठमाण्डौं । नेकपाका प्रभावशाली नेता तथा पार्टी प्रबक्त्ता नारायणकाजी श्रेष्ठ ले टुईट गरि भनेका छन म १ बर्षको राष्टिय सभा र समितिको बैठक भत्ता नलिने घोषणा गर्दछु । 

    नेकपाका स्थाई समिति सदस्य तथा नेकपा का पार्टी प्रबक्त्ता श्रेष्ठ पार्टीभित्र एक प्रभावशाली तथा शालिन नेतृत्वको रूपमा परिचित छन । श्रेष्ठ राष्ट्रिय सभा सदस्य जिते लगत्तै पनि देश र जनताको लागि हमिले धेरै गर्नुछ भन्दै 'म पछुवा नियमित प्रयोग गर्दिन, मैले आफुलाई सुरक्षा खतरा महशुष गरेको छैन । राज्य सँयन्त्रले त्यस्तो आँकलन गरेको छ भनेपनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ । त्यसैले राज्यको आवश्यकताकालागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ " भनि आफुसंग रहेको सुरक्षाकर्मी फिर्ता लैजान सरकारलाई आग्रह गरेका थिए ।अहिले श्रेष्ठ संग सुरक्षाकर्मी पहिलेको जस्तो नरहेको स्वकिय सचिव शुरेशकाजी श्रेष्ठले अखवारलाई जानाकारी दिए । 

    श्रेष्ठले आजै मात्र आफ्नो सामाजिक संजाल टुईटर मा टुईट गर्दै कोभिड-१९ कोरोना भईरसको यस बिशम परिस्थितिमा राष्ट्र राष्ट्रीयता प्रतिको आफ्नो ईमान्दारिता यसरि टुईट गर्नु भएको छ उहांले लगातार गरेको ३ वटा टुईट यस्तो छ :-

    १,

    कोभिड-१९बाट हाम्रो देश समेत सबै क्षेत्रमा प्रभावित भएको छ।आगामि बर्ष आर्थिक क्षेत्रमा ठुलो चुनौतिको सामना गर्नुपर्ने निश्चित छ।तर यो स्वतन्त्र एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको अवसर पनि बन्न सक्छ।त्यसको लागि दृढ संकल्पको खांचो छ;पेट कसेर भएपनि देश बनाई छाड्छौं।दुःख गरौं,फेरौं।+

    २,

    यसका लागि सार्बजनिक खर्चमा कटौती, मितव्ययीता,चुहावट र भ्रष्टाचार नियन्त्रण,प्राथमिकताको निर्धारण र पुँजीगत खर्च कार्यान्वयन क्षमतामा बृद्धि जरुरी हुन्छ।यस सन्दर्भमा म १ बर्षको राष्टिय सभा र समितिको बैठक भत्ता नलिने घोषणा गर्दछु।सँघ र प्रदेशका अन्य मित्रहरुलाई पनि सोच्न अनुरोध छ।+

    ३,

    त्यसैगरी म फेरि जोड दिएर भन्न चाहान्छु, 'सांसद बिकास कोष' कम्तिमा आगामी बर्षका लागि खारेज गरेर त्यो रकम रोजगारी केन्दृत राष्ट्रिय योजनामा लगानी गरौं ।समग्र राष्ट्रिय हित र आवश्यकताको कोणबाट सोचौं।

    राष्ट्रियसभा सदस्य तथा नेकपाका प्रबक्ता  नारायणकाजी श्रेष्ठले 'सांसद बिकास कोष' कम्तिमा आगामी बर्षका लागि खारेज गरेर त्यो रकम रोजगारी केन्दृत राष्ट्रिय योजनामा लगानी गरौं  जसले गर्दा  समग्र राष्ट्रिय हित र आवश्यकताको राम्रो प्रयास र कर्तव्य हुनेछ भनि जोड दिनु भएको छ । 

    18CB0516-6A6F-42A1-A307-443B921496F6.jpeg

    https://twitter.com/nksthaprakash ( टुईटर लिंक) 

    यसै गरि  सार्बजनिक खर्चमा कटौती, मितव्ययीता,चुहावट र भ्रष्टाचार नियन्त्रण,प्राथमिकताको निर्धारण र पुँजीगत खर्च कार्यान्वयन क्षमतामा बृद्धि जरुरी हुन्छ । यस सन्दर्भमा म १ बर्षको राष्टिय सभा र समितिको बैठक भत्ता नलिने घोषणा गर्दछु । सँघ र प्रदेशका अन्य मित्रहरुलाई पनि सोच्न अनुरोध छ भनि उहाले आफ्नो टुईट हेन्डल मार्फत टुईट गर्नु भएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार