आइतबार, भदौ १४ गते २०८३

‘किन लेख्ने मैले ? पैसा लिएर लेख्ने तपाईंको कारिन्दा हो ?’

‘किन लेख्ने मैले ? पैसा लिएर लेख्ने तपाईंको कारिन्दा हो ?’

अखबार दैनिक
आइतबार, भदौ १ २०७६
  • वाक्य नै ठ्याक्कै यही थियो: ‘किन लेख्ने मैले ? पैसा लिएर लेख्ने म तपाईंको कारिन्दा हो ?’ उहासँग मेरो जीवनकै पहिलो आमनेसामने भेट थियो त्यो । जोसिएर लेख माग्न गएका हामी, अर्थात् म र मित्र भरत कोइराला, को विपुल उत्साहमा बरफ पानी खन्याइदिएको थियो त्यो रुखो जवाफले । जवाफकर्ता थिएः नेपाली पत्रकारिताका भीष्म पितामह मदनमणि दीक्षित । ठ्याक्कै मिति चाहिँ याद भएन, तर कुरा २०४९ सालतिरको हुनुपर्छ । त्यतिखेर हामी संरचना साप्ताहिकको सम्पादन समूहमा आबद्ध थियौं । मेरो जिम्मेवारी कार्यकारी सम्पादकको थियो । भरखर भरखरै व्यवस्था परिवर्तन भएको फुकिफाल अवस्थामा पत्रकारितामा केही गर्ने चरम उत्साह र जोश जाँगर बोकेका, अझ भनौं ‘नयाँ जोगीले बढ्तै खरानी घस्छ’ भनेझैं पत्रकारिताको खरानी धेरै नै घस्ने लोभलालसाका साथ अघि बढेका, वामपन्थ विचारधारा बोक्ने हामी केही युवाहरुको टीमले संरचना साप्ताहिकको सम्पादनको जिम्मेवारी वहन गरेका थियौं । सोही क्रममा पत्रिकाको स्तरीयकरणका लागि हामीले त्यसबेलाका चर्चित लेखक–साहित्यकारहरुको लेखरचनाहरु न्यूनतम पारिश्रमिक प्रदान गर्ने गरी मागेरै भए पनि प्रकाशित गर्ने निधो गरेका थियौं । त्यही सिलसिलामा त्यसबेलाका चर्चित साहित्यकार, पत्रकार मदनमणि माडसाबको कालिकास्थान स्थित निवासमा हामी पुगेका थियौं ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ