बिहीबार , साउन २१ गते २०८३

सरकारी कर्मचारीको भत्ता कटौती कोरोनाविरूद्धको अग्रपंक्तिमा खटिनेलाई प्रोत्साहन

सरकारी कर्मचारीको भत्ता कटौती कोरोनाविरूद्धको अग्रपंक्तिमा खटिनेलाई प्रोत्साहन

अखबार दैनिक
बिहीबार , जेठ १५ २०७७
  • सरकारी कर्मचारीको भत्ता कटौती कोरोनाविरूद्धको अग्रपंक्तिमा खटिनेलाई प्रोत्साहन

    १५ जेठ, काठमाण्डौं ।कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीबाहेक अन्य सरकारी कर्मचारीको अतिरिक्त भत्ता कटौती गरिएको छ।

    आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् अर्थमन्त्री डा. युवराज खतिवडाले ती कर्मचारीको प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा भत्ता, जोखिम भत्ता साउन १ देखि खारेज गरिएको घोषणा गरे।

    कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि भने थप प्रोत्साहनमूलक भत्ताको व्यवस्था गरिने उनले घोषणा गरे।

    त्यस्तै कर्मचारीको विदेश भ्रमण, इन्धन खर्च, कम प्राथमिकताका गोष्टि सेमिनार, सवारी मर्मत खर्चमा उल्लेख्य कटौती गरिएको उनले घोषणा गरे।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार