बिहीबार , साउन २१ गते २०८३

सांसद बिकास कोष खारेज गर्न साहस नराख्ने अनि ठप्प ब्यवसायलाई कर ताकेता ? हेलो सरकार !: नेपालि कांग्रेसका प्रबक्त्ता विश्व प्रकाश शर्मा

सांसद बिकास कोष खारेज गर्न साहस नराख्ने अनि ठप्प ब्यवसायलाई कर ताकेता ? हेलो सरकार !: नेपालि कांग्रेसका प्रबक्त्ता विश्व प्रकाश शर्मा

अखबार दैनिक
मंगलबार, जेठ २० २०७७
  • सांसद बिकास कोष खारेज गर्न साहस नराख्ने अनि ठप्प ब्यवसायलाई कर ताकेता ? हेलो सरकार !: नेपालि कांग्रेसका प्रबक्त्ता विश्व प्रकाश शर्मा

    २०,जेठ, काठमाण्डौं । नेपालि कंग्रेसका प्रबक्त्ता बिश्व प्रकाश शर्माले उद्योगी तथा व्यवसायीलाई कर तिर्न भनि सरकारले जारी गरेको सुचनालाई ईगित गर्दै बिरोध जनाएका छन ।

     कोभिड १९ को कारणले गर्दा २०७६ चैत्र ११ देखि मुलुक लगातार लकडाउनमा छ यसै बिच आजै सरकाले एउटा सुचना जारी गरि उद्योगी तथा व्यवसायीलाई तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न ताकेता गरेको सुचना प्रकाशित गरे संगै नेपाल उद्योग वाणिज्य माहासंघ लगायत बिभिन्न संघहरूले यसको बिरोध गरिरहेका छन ।

    लकडाउन भएपछि सरकारले चैत र वैशाख महिनामा अधिकांश करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका लागि बढाएको थियो । १४ वैशाखको मन्त्रिपरिषद बैठकले वैशाख २५ सम्मको कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको थियो । 

    तर, पछिल्लोपटक लकडाउन लम्ब्याउँदै जेठ ३१ गतेसम्म विस्तार गर्ने निर्णय लिएको सरकारले जेठ २५ पछिको कर भुक्तानीको  लागि दिइएको म्याद थपेको छैन बरू यसैबिच आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र कर बुझाएर शुल्क, थप दस्तुर, ब्याज र जविरवानाबाट बच्न आग्रह गर्दै सार्वजनिक सूचना निकालको थियो ।

     कंग्रेसका प्रबक्त्ता बिश्वप्रकाश शर्मा ले यसको बिरोध गर्दै यतिखेर ब्यबसायीले कसरि कर तिर्न सक्छन भन्दै सरकारलाई यसरि प्रश्न गरेका छन जस्ताको तस्तै - सांसद बिकास कोष खारेज गर्न साहस नराख्ने अनि
    ठप्प ब्यवसायलाई कर ताकेता ? हेलो सरकार !
    जेठ २५ भित्र कर तिर्ननसक्ने #भद्र_अवज्ञा को अर्को विकल्प छैन !गलैंचा,जिमखाना र यो ताकेता l शोध्न चाहन्छु कसैको ब्यक्तिगत सनकमा देश चल्दैछ कि ! यहि हो कम्युनिस्ट समाजवादको आधारशिला ??

     नेपालि कंग्रेसका प्रभावसालि मानिने नेता बिश्वप्रकाश शर्मा ले आफ्नो फेसबुक पेज मार्फत सरकारले जारी गरेको सुचनालाई समेत पोष्ट गरि स्टाटसमा राख्नु भएको हो ।

    लकडाउन लम्बिएपछि करदाता बैंक वा कर कार्यालयसम्म पुग्न पाएका छैनन् । यसअवधिमा आर्थिक गतिविधि समेत ठप्प प्रायः छन् । यस्तो अवस्थामा कर तिर्न थप समय दिनुपर्नेमा कर तिर्न ताकेता गर्नु उचित नभएको   उद्योगी तथा व्यवसायीको समेत धारणा छ ।

    CBD428DF-EC78-41D3-BCB1-6C136764498C.jpeg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार