बुधबार, असोज २८ गते २०८३

नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

अखबार दैनिक
मंगलबार, असोज २७ २०८३
  • नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

    काठमाडौँ, २७ असोजः आइसिसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाअन्तर्गत आज जारी खेलमा नेपालले ओमानलाई २६४ रनको लक्ष्य दिएको छ ।    
        
    पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रनको योगफल बनाएको हो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रनको दिए । उनले ६७ बलमा तीन चौका र एक छक्काको सहयोगमा ६१ रन बनाएका हुन् ।    
        
    त्यस्तै करण केसीले १६ बलमा ४० रन बनाए भने अर्जुन कुमालले पनि समान ४० रन नै बनाए । बसिर अहमद र इशान पाण्डेले समान ३७–३७ रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।    
        
    बलिङतर्फ ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले समान दुई–दुई विकेट लिए । त्यस्तै हस्नेन शाहले एक विकेट लिए । ओमान अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।    
        
    ओमानको अल अमेरत क्रिकेट ग्राउन्ड मिनीस्ट्री टर्फ–१ मा खेल भइरहेको छ । (रासस)       

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ