बिहीबार , साउन २१ गते २०८३

चैत ११ गतेदेखि कारोबार बन्द भएको सुन-चाँदीको मूल्य आइतबार तोकियो

चैत ११ गतेदेखि कारोबार बन्द भएको सुन-चाँदीको मूल्य आइतबार तोकियो

अखबार दैनिक
आइतबार, जेठ २५ २०७७
  • चैत ११ गतेदेखि कारोबार बन्द भएको सुन-चाँदीको मूल्य आइतबार तोकियो

    जेठ २५ काठमाण्डौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले साढे दुई महिनापछि सुन-चाँदीको मू्ल्य तोकेको छ।सरकारले लकडाउन लागू गराएदेखि अर्थात चैत ११ गतेदेखि कारोबार बन्द भएको सुन-चाँदीको मूल्य आइतबार तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघका प्रवक्ता मनोजकुमार साहले जानकारी गराएका हुन । 

    आइतबार प्रतितोला सुनको मूल्य ८७ हजार ४ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ। यसअघि चैत १० गते प्रतितोला सुन ७७ हजार रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो।

    यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला २०५ रुपैयाँले वृद्धि भएको छ। चैत १० गते प्रतितोला ७२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइताबर ९२५ रुपैयाँ तोकेको छ।

    सुनचाँदी माहासंघले आजै एक विज्ञप्ती जारी गरि  अब दैनिक रुपमा अन्तर्राष्ट्रिय बजारअनुसार सुनचाँदीको मूल्य निर्धारण गरिने बताएको छ । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने प्रक्रियाअनुसार सुनचाँदी व्यवसायीले पनि आंशिक रुपमा व्यापार संचालन गर्ने जनाएको हो । 

    84BDC004-CA22-4C12-883F-16B3B66418F5.jpeg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार