शुक्रबार, वैशाख २० गते २०८२

पूर्वराजालाई सिटौलाकाे आग्रह : राजनीतिको मैदानमा आउनु

पूर्वराजालाई सिटौलाकाे आग्रह : राजनीतिको मैदानमा आउनु

अखबार दैनिक
सोमबार, चैत ४ २०८१
  • पूर्वराजालाई सिटौलाकाे आग्रह : राजनीतिको मैदानमा आउनु

    नेपाली कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधानको गम्भिर र निर्मम समिक्षा गर्ने भएको बताएका छन्।

    images

    राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संविधान जारी भइसकेपछि संसद्का प्रायः सबै पार्टीहरुले सरकारको नेतृत्व गरेको भएपनि अपेक्षाकृत उपलब्धी दिन नसकेको बताए। उनले संविधानले प्रत्याभुत गरेको जनताको हक र अधिकार दिन सकियो कि सकिएन यसको समिक्षा गर्न अब विलम्व गर्न नहुने बताए।

    उनले भने, ‘संविधान जारी भइसकेपछि यहाँसम्म आइपुग्दा हामी सबैले जसरि भएपनि सरकारको नेतृत्व गरेकै छौं । यो संविधानको कार्यान्वयनबाट हामीले जनतालाई के कति उपलब्धि दिनसक्यौं रु संविधानले ल्याएका संरचना र यसको भावको समिक्षा गर्ने बेला आएको छ । हामीले संविधानलाई जनताको हितमा प्रयोग गरेका छौं कि छैनौं ? हामीले नयाँ संविधानबाट जनताको स्वास्थ्यमा जनताको शिक्षामा हामीले जनताको अधिकार प्रचलनमा ल्याउन सकेका छौं कि छैनौं ? यसको गम्भिर र निर्मम समिक्षा गर्ने बेला भएको छ ।’

    फरक प्रसंगमा बोल्दै सिटौलालले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिहरुबारे परिवर्तनकारी दलहरुले गम्भिरतापूर्वक ध्यान दिन नसकेको समेत बताए। उनले पूर्वराजा शाहले पनि स्पष्टरुपमा जनतासामु आफू पनि राजनीतिको मैदानमा आएको भन्नुपर्ने बताए। उनले पूर्वराजा शाहले समेत राजनीतिक दलहरुजस्तै जनतासामु नीति तथा कार्यक्रम पेस गर्नुपर्ने धारणा राखे। उनले संविधान मान्ने र परिवर्तनको पक्षमा रहेका दलहरु समेत एकजुट भएर उभिने बेला आएको बताए।

    उनले भने, ‘उहाँले जनतासामु म अब राजनीतिक खेलाडीको रुपमा मैदान आए भन्न सक्नुपर्छ । उहाँले मेरो नीति तथा कार्यक्रम यो हो भनेर भन्न सक्नुपर्छ । तर राजा आउँछ है भन्ने सन्देश दिएर सर्वसाधारण जनतालाई भड्काउने जुन काम भएको छ त्यसमा हामी परिवर्तनकारी दलहरुको जुन मौनता त भन्दिन तर तर जुन किसिमको दृढता हुनुपर्ने थियो त्यो म देखिरहेको छैन । परिवर्शत र संविधानको मुलभूत विषयमो पक्षमा रहेका सबै राजनीतिक दलहरु एकपटक फेरि एकतावद्ध भएर उभिने बेला हो ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ