नियमित महाधिवेशनको माग गर्दै काँग्रेस पार्टी कार्यालय सानेपामा प्रदर्शन भएको छ । आईतवार दिउँसो सानेपास्थित नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा नेपाल विद्यार्थी संघसहितका पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर्न, नेपाली काँग्रेस र हरेक तहको निर्वाचनमा ४० मुनिका ४० प्रतिशत युवालाई समावेश गर्न माग गर्दै प्रदर्शन भएको छ ।अनुप प्रधान/ न्युज एजेन्सी नेपाल
