शुक्रबार, वैशाख २० गते २०८२

प्रसाईं तराई वा भारतमा लुकेको प्रहरीको आशंका

प्रसाईं तराई वा भारतमा लुकेको प्रहरीको आशंका

अखबार दैनिक
बुधबार, चैत २० २०८१
  • प्रसाईं तराई वा भारतमा लुकेको प्रहरीको आशंका

    नेपालमा व्यवस्थाविरोधी आन्दोलनलाई हिंसात्मक रूप दिएर फरार दुर्गा प्रसाईंलाई पक्राउ गर्न सुरक्षा निकायलाई कठिन भएको छ। शुक्रबार साँझदेखि फरार उनलाई प्रहरीका चार वटा टोलीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन्। आइतबार र सोमबार उनले सामाजिक सञ्जालबाट आफू नेपालमै रहेको भन्दै सुरक्षा निकायलाई चुनौती दिइरहेका छन्।

    images

    ‘दुर्गा प्रसाईंले सार्वजनिक गरेको भिडियोमा देखिएको दृश्यलाई नेपाल प्रहरीले सूक्ष्म ढंगले हेरेको छ तर यस्तो दृश्य काठमाडौंको जस्तो देखिँदैन। तराई वा आसपासको ठाउँ हुन सक्छ। हाम्रो ध्यान त्यता पनि गएको छ,’ खोजीका लागि खटिएका एक प्रहरी अधिकृतले भने। गृह मन्त्रालयका एक अधिकृतका अनुसार प्रसाईंलाई कानुनी रूपमा विदेश यात्रा गर्न नपाउने व्यवस्था पनि गरिसकिएको छ।

    राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कमान्डर रहेका प्रसाईंलाई रोक्न विमानस्थलको अध्यागमनलगायत सबैतिर निगरानी गरिएको थियो। राजा फर्काउने आन्दोलन गरिरहेका प्रसाईं फरार रहँदा उनका सहयोगीहरू भने धमाधम पक्राउ परिरहेका छन्।

    पाँच दिनदेखि प्रहरीको सबै युनिटले निगरानी बढाउँदा पनि उनी भने फेला पर्न नसकेका हुन्। यता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), विशेष ब्युरो, उपत्यका अपराध अनुसन्धान कार्यालय, उपत्यका प्रहरी कार्यालयको ‘टास्क फोर्स’ले उनको खोजी गरिरहेका छन्। सबै नाकामा प्रहरी परिचालन पनि गरिएको छ। केही प्रहरी अधिकारीले उनी भारत गएको आशंका गरिरहेका छन्। प्रहरीको एउटा युनिटले प्रसाईंलाई खोज्न भारतीय प्रहरीसँग समन्वयसमेत गर्दै आएको छ।

    मंगलबार साँझ मात्रै प्रसाईंका एक सहयोगी पक्राउ परेका छन्। संयुक्त जनआन्दोलन घोषणासभा परिचालन समितिका संयोजक देवी संग्रौला पक्राउ परेका हुन्। झापाका संग्रौलालाई प्रहरीको विशेष टोलीले ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको हो। उनीसँगै विष्णुजंग बस्नेत पनि पक्राउ परेको प्रहरीले जनाएको छ। तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संग्रौला पनि संलग्न थिए। यसअघि प्रसाईंको सुरक्षा दस्ताका चार जना पक्राउ परिसकेका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ