शुक्रबार, वैशाख २० गते २०८२

सभापति रवि लामिछाने ‘प्रहरी ज्यादती’विरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिँदै

सभापति रवि लामिछाने ‘प्रहरी ज्यादती’विरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिँदै

अखबार दैनिक
बुधबार, चैत २७ २०८१
  • सभापति रवि लामिछाने ‘प्रहरी ज्यादती’विरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ‘प्रहरी ज्यादती’विरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिने भएका छन् ।

    images

    सभापति लामिछानेको तर्फबाट पार्टी प्रतिनिधिहरू उजुरी दिन आज (बुधबार)  मानवअधिकार आयोग जान लागेको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिए । पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेलाई गत शुक्रबार राति सुत्न लागेको बेला प्रहरीले पक्राउ गरेका थिए । एक प्रहरी अधिकारीले अन्तिम इच्छा सोधेकोमा रास्वपाका नेता–कार्यकर्ताले आपत्ति जनाएका थिए ।

    यस घटनालाई रास्वपाले प्रहरी ज्यादती र मानवअधिकार हनन भनेको छ । लामिछाने सहकारी ठगी प्रकरणमा तुलसीपुर उच्च अदालतको बुटबल इजलासको आदेशपछि पक्राउ परेका हुन् । उनी कारागार चलान भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ