बिहीबार , साउन २१ गते २०८३

बलिउडका चर्चित नायक सलमान खानका बडीगार्ड शेरा, कति तलव खान्छन ?

बलिउडका चर्चित नायक सलमान खानका बडीगार्ड शेरा, कति तलव खान्छन ?

अखबार दैनिक
शनिबार, असार १३ २०७७
  • बलिउडका चर्चित नायक सलमान खानका बडीगार्ड शेरा, कति तलव खान्छन ?

    १३, असार, एजेन्सी – बलिउडका चर्चित नायक सलमान खानका बडीगार्ड शेरा पनि निकै चर्चित छन् । तर शेराबारे विस्तृत जानकारी निकै थोरैलाई मात्रै थाहा छ ।शेराको वास्तविक नाम गुरमितत सिंह जोली हो । शेराको जन्म मुम्बईको एक सिख परिवारमा भएको थियो । शेराले सन् १९८७ मा मिस्टर मुम्बई जुनियर जितेका थिए । त्यसको अर्को वर्ष उनले मिस्टर महाराष्ट्र जुनियर प्रतियोगितामा भाग लिएका थिए ।

    शेराको भेट सलमान खानसँग सन् १९९५ मा भएको थियो, त्यतिबेलादेखि उनी सलमानको छायाजस्तै सधैं सँगै हुन्छन् ।सलमानको सुरक्षाका लागि शेरा छाया जस्तै हरबखत तैनाथ रहन्छन्। बलिउडमा व्यक्तिगत सुरक्षागार्डको नाम लिनासाथै सबैभन्दा अगाडि शेरालाई नै सम्झिने गरिन्छ। उनको परिचय सुरक्षागार्डभन्दा पनि एक सेलिब्रिटीको रुपमा बन्न थालेको छ।

    7C76CA4F-92C6-484B-BBBC-5509F7C5EFDC.jpeg

    सलमान आफ्नो सुरक्षाका लागि शेरालाई वार्षिक एक करोड ८० लाख (नेपाली करिब ३ करोड) रकम दिन्छन् । अर्थात्, शेराको मासिक तलब १५ लाख भारुभन्दा बढी रहेको भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।यस्तै सलमानले आफ्नो फिल्म शेरालाई पनि अभिनयको मौका दिएका थिए। फिल्मको शीर्ष गीतमा शेरा गाउँदै र नाच्दै गरेको देखिएका थिए। शेराको आफ्नै एउटा सेक्युरिटी एजेन्सी छ जसले व्यापारी र सेलिब्रिटीलाई सुरक्षा प्रदान गर्ने गर्छ । शेरा अब सलमानको परिवारको सदस्यजस्तै भइसकेका छन् । उनले आफ्नो जीवनको अन्त्यसम्मै आफू भाइसँग नै रहने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार