शुक्रबार, वैशाख २० गते २०८२

बुधबार ३२.३८ अंकले घट्यो सेयर बजार

बुधबार ३२.३८ अंकले घट्यो सेयर बजार

अखबार दैनिक
बुधबार, वैशाख ११ २०८२
  • बुधबार ३२.३८ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार ३२.३८ अंकले घटेर २६५५.९४ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    images

    बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । मंगलबार ८ अर्ब ३२ करोडको कारोबार भएको बजारमा बुधबार ७ अर्ब ५७ करोडको कारोबार भएको छ ।

    आज २८ कम्पनीको सेयर मुल्य बढेको छ भने २१७ कम्पनीको सेयर मुल्य घटेको छ ।  बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ