शुक्रबार, वैशाख २० गते २०८२

चिकित्सकका माग पूरा गर्न रास्वपाको माग

चिकित्सकका माग पूरा गर्न रास्वपाको माग

अखबार दैनिक
शुक्रबार, वैशाख १३ २०८२
  • चिकित्सकका माग पूरा गर्न रास्वपाको माग

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आवासीय चिकित्सकहरूको माग पूरा गर्न माग गरेको छ । रास्वपाकी केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा. तोसिमा कार्कीले चिकित्सकहरूको माग पूरा गर्न माग गरेकी हुन् ।

    images

    उनले एक विज्ञप्ति जारी गर्दै आवासीय चिकित्सकका मागप्रति सरकारको ध्यानाकर्षण गराउँदै तिनलाई पूरा गर्न माग गरेकी हुन् । ‘चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गरी समय सापेक्ष र सामाजिक न्यायको सिद्धान्तको समेत सम्मान गर्दै आवासीय चिकित्सकहरूको माग अबिलम्ब पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई जिम्मेवार हुन जोडदार माग गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा लेखिएको छ, ‘‘विगत लामो समयदेखि सम्मानजनक निर्वाह भत्ता र न्यायोचित ड्युटी आवरको माग गरी आन्दोलनरत रहेको स्थितिले आम नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार समेत प्रभावित भएको स्थिति र यसप्रति राज्यले देखाएको उदासिनताप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ