काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य सामान्य घटेको छ । आज सुन तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुन प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । मगंलबार चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।