काठमाडौं । केहि दिनदेखी लगातार घटेको सेयर बजार आज पनि घटेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार ८.१४ अंकले घटेर २६२३.८३ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार घटे पनि कारोबार रकम भने बढेको छ । मंगलबार ७ अर्ब ५७ करोडको कारोबार भएको बजारमा बुधबार ९ अर्ब ३७ करोडको कारोबार भएको छ ।
बुधबार १०७ कम्पनीको सेयर मुल्य बढेको छ भने १३६ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।