बैशाख २२ काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ ।आज सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८४ हजार ६ सय रुपैयाामा कारोबार भयरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोहि मुल्यमा कारोबार भएको थियो ।