काठमाडौं । नेपाली बजारमा मंगलबार सुन उच्च मूल्यले बढेको छ । आज सुन तोलामा ५ हजार ३ सय रुपैयाँले बढेर प्रतितोलाको एक लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन एक लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।