बुधबार, वैशाख २५ गते २०८२

तोलामा एक हजार सात सयले बढ्यो सुन

तोलामा एक हजार सात सयले बढ्यो सुन

अखबार दैनिक
बुधबार, वैशाख २५ २०८२
  • तोलामा एक हजार सात सयले बढ्यो सुन

    वैशाख २४ काठमाडाैं ।  अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार ६०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भइरहेको छ ।

    images

    मङ्गलबार प्रतितोला सुन रु एक लाख ८९ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६५ मा खरिदबिक्री भएको थियो ।

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ