बुधबार, वैशाख २५ गते २०८२

यामाहा जेन्युइन स्पेयर पार्टहरू अब दराजमा पनि उपलब्ध

यामाहा जेन्युइन स्पेयर पार्टहरू अब दराजमा पनि उपलब्ध

अखबार दैनिक
बुधबार, वैशाख २५ २०८२
  • यामाहा जेन्युइन स्पेयर पार्टहरू अब दराजमा पनि उपलब्ध

    काठमाडौं । यामाहा नेपालले ग्राहकमैत्री कदम चालेको छ जस अनुसार अब यामाहा मोटरसाइकल र स्कुटरका लागि आवश्यक पर्ने जेन्युइन स्पेयर पार्टहरू नेपालकै लोकप्रिय अनलाइन सपिङ साइट दराजमा पाउन सकिने भएको छ । यसबाट देशभरका यामाहा सवारीधनीहरू जुनसुकै ठाउँबाट र जुनसुकै समयमा सहज रूपमा स्पेयर पार्टहरू खरिद गर्न सक्नेछन् ।

    images

    नेपालमा अनलाइन किनमेल क्रमशः बढ्दो क्रममा रहेका बेला यामाहाको यो नयाँ प्रयास निकै सान्दर्भिक रहेको छ । ग्राहकहरूले अब शोरूममा गएर पार्ट खोज्नुपर्दैन, दराजमा गएर सजिलै स्पेयर पार्ट्सका लहरमा हेर्न र आफूलाई आवश्यक परेको पार्ट्स केही क्लिकमै अर्डर गर्न पनि सकिन्छ ।

    दराजमा यामाहाका मोटरसाइकल र स्कुटरका लागि छुट्टै यामाहा जेन्युइन स्पेयर पार्टहरूको क्याटलग उपलब्ध छ । यी सबै पार्टहरू कम्पनीकै मापदण्डअनुसार गुणस्तर, पर्फर्मेन्स, टिकाउ र सुरक्षाको उच्च स्तर सुनिश्चित हुने गरी निर्माण गरिएका हुन् । यसले सवारीलाई राम्रो अवस्थामा राख्न सहयोग पुर्‍याउँछ ।

    सवारी साधनहरू लामो समय टिक्नको लागि जेन्युइन पार्टहरूको प्रयोग महत्त्वपूर्ण हुन्छ । सस्तो वा नक्कली पार्ट प्रयोग गर्दा समस्या आउने, नटिक्ने वा सवारीमै क्षति पुर्‍याउने सम्भावना बढी हुन्छ । अब दराजमा यामाहाका १००५ असली स्पेयर पार्टहरू पाइने भएकाले ग्राहकहरू निश्चिन्त हुन सक्नेछन् ।

    दराजमार्फत देशभरि डेलिभरी सेवा पनि उपलब्ध छ । शहर बजारमा बस्ने हुन् वा दुर्गम गाउँमा बस्ने उपभोक्ता हुन्, जसलाई जहाँबाट पनि आवश्यक पार्टहरू सजिलै उपलब्ध हुनेछन् । तत्काल चेन्ज गर्नु पर्ने वा नियमित मर्मतसम्भार गर्नुपर्ने आकस्मिक आवश्यकताका बेलामा यो सेवा झन् उपयोगी हुनेछ ।

    पूरा प्रक्रिया सहज र प्रयोगकर्तामैत्री बनाइएको छ । कुन पार्ट चाहिएको हो खोज्ने, त्यस सम्बन्धि विवरण हेर्ने अनि अर्डर गर्ने सबै प्रक्रिया सरल छ । सुरक्षित अनलाइन भुक्तानी, अर्डर ट्र्याकिङ र समयमै डेलिभरीले गर्दा ग्राहकलाई आत्मविश्वासका साथ सेवा लिन सजिलो भएको छ । यसरी यामाहाले आफनो आफ्टर सेल्स सर्भिसलाई अझ छिटो, आधुनिक र भरपर्दो डिजिटल युगमा प्रवेश गराएको छ ।

    यामाहा नेपाल र दराजको सहकार्य ग्राहकहरूका लागि एकदम लाभदायक भएको छ । यसले मोटरसाइकल चलाउने अनुभवलाई अझ सजिलो र विश्वसनीय बनाएको छ । अब यामाहाका सवारीधनीहरूले विश्वसनीय, गुणस्तरीय र असली स्पेयर पार्टहरू औंलाको एक ट्यापमै पाउन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ